बालेनभन्दा झन् कडा बनेर निस्किइन् सुनिता, पहिलो निर्णय नै यति कडा !
बालेनभन्दा झन् कडा बनेर निस्किइन् सुनिता, पहिलो निर्णय नै यति कडा ! काठमाडौं – काठमाडौं महानगरवासीले प्रमुख र उपप्रमुखमा नै असल युवा र जोसिला युवा पठाएपछि यहाँका बासिन्दालाई खुसी पार्ने निर्णय गर्दै राम्रो काम गर्ने छनक देखिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहपछि उपप्रमुख सुनिता डंगोल पनि तातेकी छिन् । उनले गरेको पहिलो निर्णयले पनि चर्चा कमाएको हो । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदबहाली गरे लगत्तै आफ्नो चुनावी प्रतिवद्धता अनुसार काम गर्ने कार्यको थालनी गरेकी छन् । उनले पदबहालीपछि आफ्नो प्रतिवद्धता अनुसार हिंसामा परेका, अन्यायमा परेका र पीडित महिलाहरुको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजिकरण र आत्मरक्षाको तालिमलगायतको व्यवस्थापनका लागि महानगरपालिकाका सबै वडामा वुमन सेल ‘महिला सेल’ गठन गर्ने प्रक्रिया अघि बढाउने निर्णयमा हस्ताक्षर गरेकी छन् । सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिलाहरुका लागि आवश्यक कार्य गर्ने छ । उहाँको चुनावी प्रतिवद्धतापत्रको २२ नम्बर बुँदामा महिला सेल गठन गर्ने उल्...