एमालेको निष्कर्षः सुनितालाई उपमेयरमा उठाएर ठूलो गल्ती भयो


एमालेको निष्कर्षः सुनितालाई उपमेयरमा उठाएर ठूलो गल्ती भयो
काठमाडौं । यसपटकको स्थानिय तहको चुनावमा नेकपा एमालेले महानगरमा ठूलो धक्का लागेको छ । एमालेले महानगरमा उपयुक्त उम्मेदवार उठाउन नसक्दा पार्टीले धक्का खान परेको विश्लेषण हुन थालेको छ । नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरमा उठाएर गल्ती भएको स्वीकार गरिसकेको छ । स्थापितको शैली र उनीमाथि लागेको आरोपबारे उनले दिएका अभिव्यक्तिले पार्टीकै शाखमाथि दाग लागेको भन्दै एमाले नेताहरूले स्थापितकै कारण देशभरको मतमा समेत प्रभाव परेको बताउने गरेका छन् । देशभर खुम्चिएको एमालेका नेताहरूले मीटूको आरोप लागेका स्थापितलाई रोक्न भन्दा पनि उनकै पक्षमा बोल्न थालेपछि मतदाता बिच्किएको निष्कर्ष निकालेका छन् । स्थापितलगायतका केहि उम्मेदवारको कारण एमालेप्रति नै मतदाता बिच्किएको निष्कर्षमा एमाले पुगेको छ । यस्तै राम्रो मतान्तरले जित्दै गरेकी काठमाडौंकी उपमेयरकी उम्मेदवार सुनिता डङ्गोललाई नै काठमाडौं महानगरको मेयर पदमा उठाउन सकेको भए पार्टीलाई फाइदा हुने निष्कर्ष निकालेको छ । एमाले नेता कृष्णगोपाल श्रेष्ठलगायत एमालेका नेताहरुले सुनितालाई पार्टी प्रवेश नगराई मेयरमा स्वतन्त्र भएरै उठ्न दिएको भए पनि बालेनको भोट काटिएर केशव जित्न सक्ने निश्कर्ष निकालेका छन् । काठमाडौंको केहीबेर अगाडिको पछिल्लो परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन साह प्रतिस्पर्धीहरुभन्दा १९ हजार मतले अगाडि देखिएका छन् । उनले ४८ हजार ३२४ मत ल्याएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी सिर्जना सिंहले २९ हजार ८३५ मत पाएकी छन् । वडा नम्बर १३, १४, १५, १६, १८, १९,२०, २१ र २२ को मतगणना भइरहँदा एमालेका केशव स्थापित २९ हजार ६४४ मत प्राप्त गरेर तेस्रो स्थानमा पुगेका छन् । उपमेयरमा एमालेकी सुनिता डंगोलले ५३ हजार २६६,नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ हजार ५९० र राप्रपाकी उम्मेदवारले १० हजार २६४ मत पाएकी छन् ।

Comments

Popular posts from this blog

कोशी टप्पुमा सेनाले सिडियो र एसपीको गाडी प्रवेशमा रोकिदिएपछि

राप्रपाले गर्यो ५ जनालई पार्टीबाट आउँट

पराजय निश्चितपछि केशव स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाउने रश्मिलाको यस्तो प्रतिक्रिया