माधव नेपाल र प्रचण्डको पार्टीले एक सिट पनि जिते सबै सम्पत्ति त्यागेर वृन्दावन जाने वाचा गरेका दुर्गा प्रसाई अब त यसो पो भन्न थाले


माधव नेपाल र प्रचण्डको पार्टीले एक सिट पनि जिते सबै सम्पत्ति त्यागेर वृन्दावन जाने वाचा गरेका दुर्गा प्रसाई अब त यसो पो भन्न थाले
काठमाडौं । नेताहरुप्रति पछिल्लो समय जनताको वितृष्णा बढ्नु मध्ये प्रमुख कारण हो उनीहरु आफ्नो बोलीमा स्थिर रहन नसक्नु । पद, प्रतिष्ठा र पैसा कमाउन जे पनि भन्दिने र बोल्दिने हुनाले जनताहरुको नेताप्रतिको विश्वास घट्दै गएको देखिन्छ । यसैबीच, स्थानीय निर्वाचनमा नेकपा (माओवादी) र नेकपा (एकीकृत समाजवादी)ले एक ‘सिट’ पनि जिते आफू सन्यास लिएर वृन्दावन जाने वाचार गरेका नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले बोली फेरेका छन्। प्रकाश सुवेदीको टेलिभिजन कार्यक्रममा उनले आफ्नो बचाउ गरेका हुन् । अघिल्लो वर्ष २६ चैतमा भक्तपुरको सूर्यविनायकमा आफूले सञ्चालन गरेको २ अर्ब बढी लागतको तरकारी बजारको उद्घाटन क्रममा उनले नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले एक स्थानमा मात्रै जिते भने पनि आफ्नो सबै सम्पत्ति त्यागेर सन्यासी बनी वृन्दावन जाने बताएका थिए। कार्यक्रमको शुरुमै उक्त भिडिओ क्लिप देखाउँदै सुवेदीले प्रसाईंलाई सोधेका थिए, ‘अब कहिले जाने त वृन्दावन ?’ उक्त प्रश्नको जवाफमा प्रसाईंले भने, ‘वृन्दावन किन जानुप¥यो मैले ? मैले भन्या छु त गठबन्धन नगरेर एक्लाएक्लै जितेर आउनुस् भनेर।” तर भिडिओमा गठबन्धन नभनेको भन्दै थप प्रश्न सोधिएपछि प्रसाईंले आफूले स्क्रिप्ट लेखेको र त्यसमा गठबन्धन लेखेको बताए। चुनावमा जित्नका लागि टाउको काटेर फाल्छु, कान काटेर फाल्छु भनेर भन्ने गरिएकोमा यसको मतलब विपक्षीको मनोबल घटाउनका लागि भन्ने गरिएको उनले बताए।

Comments

Popular posts from this blog

राप्रपाले गर्यो ५ जनालई पार्टीबाट आउँट

एउटै घरका 7 जनाको मृ,त्यु दायाँ हुनेले rip लेखी सेयर गर्नुहोस