बालेनले पाउने भनेको ९० हजार ८ सय ३५ मत यसरी मिल्नेभयो ठ्याक्कै, यस्तो छ हिसाबकिताब !


बालेनले पाउने भनेको ९० हजार ८ सय ३५ मत यसरी मिल्नेभयो ठ्याक्कै, यस्तो छ हिसाबकिताब !
काठमाडौं – बालेन साह देशको संघीय राजधानी काठमाडौं महानगरपालिकाको मेयर चुनिदैछन् । बालेनको विजय निश्चित भएपछि दलबाट वाक्कदिक्क भएका जनताहरु उत्साहित बनेका छन् । पूर्वी धरान देखि सुदूरसम्म बालेनहरुको जन्म भएपछि देशैभर नयाँ तरंग पैदा भ्रएको छ । यसैबीच, स्थानीय तहको निर्वाचन हुनुअघि नै काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार बालेन साहले ९० हजार ८ सय ३५ मत ल्याएर आफूले चुनाव जित्ने भन्दै क्यालकुलेटरमा मत सार्वजनिक गरे । जुन उनका समर्थकले सामाजिक सञ्जालमा भाइरल बनाए । चुनाव भएको छैन, यति मतले जित्छु भनेर कन्फिडेन्सका साथ बालेनले किन भने ? भन्ने विषय सर्वत्र चासोको विषय बन्यो । उनले विभिन्न मिडियामा दिएको अन्तर्वार्तामा पनि त्यही कुरा पटक पटक दोहोर्याए । तर, कांग्रेस, एमालेका कुनै पनि नेताले त्यसको वास्ता गरेनन् । अर्थात् बालेनले चुनाव जित्छु भनेर ढुक्कका साथ भनिरहँदा पनि उनले किन त्यसो भने भनेर खोज्न र अध्ययन गर्न नचाहेकै कारण अहिले कांग्रेस र एमालेका उम्मेदवार पछि परेका छन् । बालेनले यो समाचार तयार पार्दासम्म ५० हजारभन्दा बढी मत ल्याइसकेका छन् । उनले कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई १७ हजारभन्दा बढी मतले पछि पारेका छन् । अहिलेकै भोट प्याटर्न हेर्दा बालेनले ९०८३५ मत ल्याउन नसक्ने स्पष्ट छ । उनले ६५ हजार मत ल्याएर चुनाव जित्ने अनुमान गरिएको छ । काठमाडौं महानगरपालिकामा तीन लाख मतदाता छन् । बालेन चुनावअघिदेखि नै काठमाडौंका मतदाताको अध्ययन गर्न थालेका थिए । स्रोतका अनुसार बालेनले सबै मतदातालाई भन्दा पनि युवालाई टार्गेट बनाए । काठमाडौंको कोर एरियालाई भन्दा बाहिरी मतदातालाई प्राथमिकता दिए । जसमा एक लाखभन्दा बढी युवायुवती भएको उनले पाए । तिनै मतदातालाई लक्षित गर्दैै चुनावी क्याम्पेन सुरु गरे । सबैलाई सामाजिक सञ्जालमार्फत भोट मागे । विदेशमा रहेका युवायुवतीलाई पनि आफ्ना काठमाडौंमा रहेका मतदाता आमाबाबुलाई भोट हाल्न क्याम्पेन गरे । जुन अहिले उनले पाइरहेको मतले पनि पुष्टि गरेको छ । यदि स्थानीय निर्वाचनमा सवा दुई लाख मत खसेको भए बदर मतको संख्यामा कमी आएको भए बालेनले ढुक्कले ९०८३५ मत मात्रै हैन् त्यो भन्दा धेरै ल्याउने आकलन र विश्लेषण अहिले भइरहेको छ ।

Comments

Popular posts from this blog

कोशी टप्पुमा सेनाले सिडियो र एसपीको गाडी प्रवेशमा रोकिदिएपछि

राप्रपाले गर्यो ५ जनालई पार्टीबाट आउँट

पराजय निश्चितपछि केशव स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाउने रश्मिलाको यस्तो प्रतिक्रिया