सजिलो छैन् हर्क साम्पाङलाईः निर्वाचित भएको हप्तादिन नबित्दै आफ्ना जनप्रतिनिधीलाई एमालेले गर्न लगायो यस्तो हर्कत, चौतर्फी विरोध


सजिलो छैन् हर्क साम्पाङलाईः निर्वाचित भएको हप्तादिन नबित्दै आफ्ना जनप्रतिनिधीलाई एमालेले गर्न लगायो यस्तो हर्कत, चौतर्फी विरोध
काठमाडौं । धरान उपमहानगरपालिकामा एमालेले हस्तक्षेप गरेको छ । करिब निर्वाचित भएको हप्तादिन नबित्दै आफ्ना जनप्रतिनिधीमाथि हस्तक्षेप गरेपछि यसको अहिले चौतर्फी विरोध भइरहेको हो । धरान उपमहानगरपालिकामा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई पार्टीले हस्तक्षेप गरेपछि चौतर्फी विरोध भएको छ। निर्वाचित भएर कार्यभार सम्हाल्नेबित्तिकै जनताको अभिमतलाई प्रभावित पार्ने गरी पार्टीले हस्तक्षेप गरेको भन्दै जनप्रतिनिधिहरुले विरोध जनाएका छन्। एमाले धरानले सोमबार हुने कार्यपालिकाको निर्वाचनमा धाँधली हुन सक्ने र अन्य कुनै पनि बेला पार्टी विभाजन भइ आफ्ना जनप्रतिनिधिहरु अन्यन्त्र जान सक्ने भन्दै राजीनामा पत्रमा जबरजस्ती हस्ताक्षर गराइएको बुझिएको छ। धरानमा एमालेबाट १० जना वडाअध्यक्ष र ४६ जना वडा सदस्यले निर्वाचन जितेका थिए। निर्वाचित जनप्रतिनिधिलाई शनिबार धनकुटाको हिले स्थित कानजिरोवा होटलमा लगेर राजीनामा पत्रमा जबरजस्ती हस्ताक्षर गराएका थिए। एमालेले उक्त होटलमा जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो। प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि एमाले प्रदेश १ का इन्चार्ज देवराज घिमिरे थिए। प्रशिक्षण चलिरहेको अवस्थामा सबै जनप्रतिनिधिलाई मिति उल्लेख नगरेको राजीनामा पत्रमा हस्ताक्षर गर्न लगाएका थिए। उक्त राजीनामा पत्रमा आजैका मितिदेखि राजीनामा दिएको छु भन्ने बेहोरा उल्लेख गरिएको छ। धरान १२ का वडा सदस्य ब्रहाज्ञ भट्टराईले पार्टीले राजीनामा पत्रमा हस्ताक्षर गर्न लगाएपश्चात १२ वडाका सबैले हस्ताक्षर गरेको बताए। पार्टीले नै हामीलाई टिकट दिएका कारण जनताको मत प्राप्त गरी निर्वाचित भएको र राजीनामा पत्रमा गरिएको हस्ताक्षरले पार्टीप्रति जिम्मेवार बनाउन मद्धत पुर्‍उने भएकाले आफूले राजीनामा पत्रमा हस्ताक्षर गरेको उनको भनाइ छ। जनप्रतिनिधिलाई राजीनामा पत्रमा हस्ताक्षर गर्न लगाइएपश्चात् धरान १३ का वडाअध्यक्ष नेत्र काफ्लेले प्रशिक्षण कार्यक्रमै विरोध गरेको एक सहभागीले बताएका छन्। काफ्लेले जनप्रतिनिधिलाई पार्टीले काम गर्ने वातावरण बनाउनु पर्नेमा उल्टै मनोवल गिराउने काम गरेकाले जबरजस्ती हस्ताक्षर आफूलाई मान्य नहुने भन्दै विरोध गरेका ती सहभागीले बताएका छन्। एमाले धरानका अध्यक्ष हर्कजङ एभेङले ५६ जनालाई नै राजीनामा पत्रमा हस्ताक्षर गर्न राजीनामा पत्रको परमेटसहितको पत्र कार्यक्रम हलमा वितरण गरेका थिए। अधिकांश जनप्रतिनिधिहरुले राजीनामा पत्रमा हस्ताक्षर गरेर पार्टीलाई बुझाएका भए पनि , धरान ४ का धनबहादुर कुलुङ राई, १३ का नेत्र काफ्ले, धरान ८ का धनबहादुर राई र धरान १५ नरेश इवारम लगायतले भने राजीनामामा पत्र पार्टीलाई नबुझाएको बुझिएको छ। धरान ४ का वडाअध्यक्ष धनबहादुर कुलुङ राईले पार्टीले जबरजस्ती राजीनामा पत्रमा हस्ताक्षर गर्न लगाएकोले आफ्नो वडाका पाँचै जनाले हस्ताक्षर नगरेको बताए। ुहामी जनताको काम गर्न निर्वाचित भएका हौं । पाँच वर्षमा यहाँका जनता र वडाको हितमा काम गरेर बिदा हुने छौं। पार्टीको जबरजस्ती हामीलाई स्विकार्य छैनु, उनले भने । एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतमले जनप्रतिनिधिले पार्टी हितविपरित काम गर्छन् कि भनेर अनुशासनमा राख्नका लागि राजीनामा पत्रमा हस्तक्षर गराइएको बताइन्। धरानमा मात्र नभएर देशैभर निर्वाचित भएका जनप्रतिनधिलाई राजीनामा पत्रमा हस्ताक्षर गराइएर राख्ने पार्टीको परम्परागत नियम भएको उनको भनाइ छ।

Comments

Popular posts from this blog

कोशी टप्पुमा सेनाले सिडियो र एसपीको गाडी प्रवेशमा रोकिदिएपछि

राप्रपाले गर्यो ५ जनालई पार्टीबाट आउँट

पराजय निश्चितपछि केशव स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाउने रश्मिलाको यस्तो प्रतिक्रिया