राप्रपाबाट जितेका दमकका मेयर थापाले मन्दिरमा खाए कसम : भ्रष्टाचार गर्दिन र गर्नपनी दिन्न


राप्रपाबाट जितेका दमकका मेयर थापाले मन्दिरमा खाए कसम : भ्रष्टाचार गर्दिन र गर्नपनी दिन्न
दमक । दमक नगरपालिकाका नवनिर्वाचित मेयर राम थापाले पदभार ग्रहण गर्नुअघि मन्दिरमा कसम खाएका छन्। उनले आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने भनी स्थानीय दुर्गा मन्दिरमा कसम खाएका हुन्। राप्रपाबाट निर्वाचित उनले पार्टीको निर्देशन भन्दै पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित मन्दिरमा कसम खाएका हुन्। ‘नगरपालिका शासन गर्ने थलो हाेइन, सेवा गर्ने थलो हो। यहाँ जनताको सेवा गर्न आएको हुँ,’ उनले भने, ‘हाम्रो पार्टीको निर्देशनअनुसार उम्मेदवार बन्नुपूर्व नजिकको मठमन्दिरमा गएर प्रण गर्‍याैँ। निर्वाचित भएपछि पनि पदमा रहुन्जेल भ्रष्टाचार गर्दिनँ भनेर गरेका हौँ।’ नगरपालिकाको पछाडिपट्टि रहेको दुर्गा मन्दिरमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित थापा सोमबार पदभार ग्रहण गर्नुपूर्व पुगेका थिए।

Comments

Popular posts from this blog

कोशी टप्पुमा सेनाले सिडियो र एसपीको गाडी प्रवेशमा रोकिदिएपछि

राप्रपाले गर्यो ५ जनालई पार्टीबाट आउँट

पराजय निश्चितपछि केशव स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाउने रश्मिलाको यस्तो प्रतिक्रिया