बालेनभन्दा झन् कडा बनेर निस्किइन् सुनिता, पहिलो निर्णय नै यति कडा !


बालेनभन्दा झन् कडा बनेर निस्किइन् सुनिता, पहिलो निर्णय नै यति कडा !
काठमाडौं – काठमाडौं महानगरवासीले प्रमुख र उपप्रमुखमा नै असल युवा र जोसिला युवा पठाएपछि यहाँका बासिन्दालाई खुसी पार्ने निर्णय गर्दै राम्रो काम गर्ने छनक देखिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहपछि उपप्रमुख सुनिता डंगोल पनि तातेकी छिन् । उनले गरेको पहिलो निर्णयले पनि चर्चा कमाएको हो । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदबहाली गरे लगत्तै आफ्नो चुनावी प्रतिवद्धता अनुसार काम गर्ने कार्यको थालनी गरेकी छन् । उनले पदबहालीपछि आफ्नो प्रतिवद्धता अनुसार हिंसामा परेका, अन्यायमा परेका र पीडित महिलाहरुको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजिकरण र आत्मरक्षाको तालिमलगायतको व्यवस्थापनका लागि महानगरपालिकाका सबै वडामा वुमन सेल ‘महिला सेल’ गठन गर्ने प्रक्रिया अघि बढाउने निर्णयमा हस्ताक्षर गरेकी छन् । सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिलाहरुका लागि आवश्यक कार्य गर्ने छ । उहाँको चुनावी प्रतिवद्धतापत्रको २२ नम्बर बुँदामा महिला सेल गठन गर्ने उल्लेख छ । ‘सभ्य र शान्त समाज निर्माणका लागि वुमन सेल आवश्यक छ भनेर यसलाई प्राथमिकतामा राखेको हो,’ उनले भनिन् । त्यसैगरी उनले पदबहालीपछि मेलमिलाप कर्तालाई आह्वान गर्न मेलमिलापको सूचि अध्यावधिकका लागि सूचना प्रकाशन गर्ने पत्रमा हस्ताक्षर गरेकी छन् । उनले मेलमिलाप केन्द्र पनि प्रत्येक वडामा गठन गरी साना–तिना विवादलाई वडा तहबाटै निरुपण गर्ने उदेश्यले मेलमिलाप केन्द्रहरुलाई थप प्रभावकारी बनाउने बताईन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ मा उल्लेखित विवादहरुको निरुपण गर्दा न्यायिक समितिले मेलमिलापलाई प्राथमिकता दई गर्नुपर्ने मेलमिलाप गराउँदा उक्त ऐनको दफा ४९ को उपदफा (३) बमोजिम न्यायिक समितीले सूचिकृत गरेका मेलमिलापकर्ता बाट गराउनु पर्ने कानुनी व्यवस्था रहेकाले प्रक्रिया अनुसार अघि बढ्ने पनि उहाँले बताईन् । उनले सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्ने पनि प्रतिवद्धता व्यक्त गरिन् ।

Comments

Popular posts from this blog

कोशी टप्पुमा सेनाले सिडियो र एसपीको गाडी प्रवेशमा रोकिदिएपछि

राप्रपाले गर्यो ५ जनालई पार्टीबाट आउँट

पराजय निश्चितपछि केशव स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाउने रश्मिलाको यस्तो प्रतिक्रिया