राप्रपाले गर्यो ५ जनालई पार्टीबाट आउँट


राप्रपाले गर्यो ५ जनालई पार्टीबाट आउँट
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङले स्थानीय तह सदस्य निर्वाचनका बेला असहयोग गर्ने पार्टी प्रतिनिधिलाई कम्तीमा ५ वर्षका लागि पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको छ। आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति बझाङका अध्यक्ष धीरजबिक्रम सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय तहको चुनावमा असहयोग गरेको भन्दै पार्टीमा रहेका ९ जनालाई पार्टीको साधारण सदस्य नरहने गरी ५ वर्षका लागि निलम्बन गरेको हो। राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही र सर्वसाधारणको जानकारी गराउँदै पार्टीका पूर्व(पार्टी सहअध्यक्ष विश्वप्रकाश जेठारा, पूर्व पार्टी सल्लाहकार लालबहादुर खड्का, पूर्व पार्टी सचिव जनकबहादुर ओली, पूर्व कोषाध्यक्ष सुरत बहादुर च्वाँन, पूर्व पार्टी सदस्य जगतबहादुर सिंह, पूर्व पार्टी उपाध्यक्ष जुनादेवी सिंह, वर्तमान पार्टी उपमेयर मनादेवी सिंह, वर्तमान महिला उपाध्यक्ष, जानकीदेवी खाती र वर्तमान पार्टी सदस्य कर्णबहादुर रोकायालाई ५ वर्षसम्म पार्टीको साधारण सदस्य नरहने गरि निलम्बन गरिएको अध्यक्ष सिंहद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ। copid form dainiknewsnepal

Comments

Popular posts from this blog

नवलपरासी – वर्षा र खडेरी नपरेपछि किसानले अध्यक्ष र वडा अध्यक्षलाई बाँधेर गाउँ घुमे ।

विदेश जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइयो

एउटै घरका 7 जनाको मृ,त्यु दायाँ हुनेले rip लेखी सेयर गर्नुहोस