रेणु दाहाल भन्छिन् : अब जन्मिने छोरीको निःशुल्क बीमा, सात हजार लिटरसम्म खानेपानी निःशुल्क


रेणुको पहिलो निर्णय : अब जन्मिने छोरीको निःशुल्क बीमा, सात हजार लिटरसम्म खानेपानी निःशुल्क
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा माओवादी केन्द्रकी रेणु दाहालले आज पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गरेसँगै रेणुले तीन वटा महत्वपूर्ण निर्णय गरेकी छन् । भरतपुरका सरकारी अस्पतालमा अब जन्मिने नगरवासी छोरीको निःशुल्क बीमा गरिदिने उनले निर्णय गरेकी छन् । बीमा रकम एक लाख रुपैयाँको हुने र १५ वर्ष अवधिको हुने उनले बताइन् । त्यस्तै, सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकको महसुल छुट गरिदिने उनले निर्णय गरेकी छन् । आगामी आर्थिक वर्षदेखि निर्णय कार्यान्वयन भएपछि महिनामा सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई कुनै शुल्क नलाग्ने भएको छ । यस निर्णयबाट महानगरका करिब ५२ प्रतिशत ग्राहक लाभान्वित हुने उनको अनुमान छ । मेयर दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्मका सबै जनतामा खानेपानीको पहुच पुर्‍याउने उनले तेस्रो निर्णय गरेकी छन् । copied from khabarkura

Comments

Popular posts from this blog

कोशी टप्पुमा सेनाले सिडियो र एसपीको गाडी प्रवेशमा रोकिदिएपछि

राप्रपाले गर्यो ५ जनालई पार्टीबाट आउँट

पराजय निश्चितपछि केशव स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाउने रश्मिलाको यस्तो प्रतिक्रिया