पोखराबाट उडेको विमान दुर्घटनाग्रस्त


पोखराबाट उडेको विमान दुर्घटनाग्रस्त
काठमाडौं । पोखराबाट उडेको विमान दुर्घटनाग्रस्त भएको खबर आएको छ । केही समय अघि सम्पर्क विहीन भएको विमान दुर्घटनामा परेको स्थानीयबाट सूचना आएको हो । बेनीमा रहनुभएका अनेरास्ववियु गण्डकी प्रदेश संयोजक प्रकाश पौडेललेपनि विमान दुर्घटना भएको सूचना दिनुभएको छ । उहाँले पोखरा देखी जोमसोम उडेको तारा एयरको जहाज १९ जना यात्रु सहित लेते माथिको पहाडमा दुर्घटना भएको खबरले मर्माहत बनायो भनेर लेख्नुभएको छ ।
पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्क विहीन भएको थियो । बिहान पोखरा विमानस्थलबाट ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्क विहीन भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले पुष्टि गर्नुभयो । उहाँका अनुसार पोखरा विमानस्थलको टावरले जोमसोम टावरलाई जहाज हस्तान्तरण गरेको थियो ।
जोमसोम टावरसँग सम्पर्क भएको केही समपछि जहाज सम्पर्क विहीन भएको सुवेदीले बताउनुभयो । जहाजमा चालक दलका ३ सदस्यसहित २२ यात्रु थिए । यात्रुमा २ जना विदेशी, ४ जना भारतीय नागरिक र १३ जना स्वदेशी यात्रु रहेका थिए । प्रभाकर घिमिरेले उडाएको जहाज बिहान १० बजेर १५ मिनेटमा जोमसोम अवतरण हुनुपथ्र्यो । पोखरा जोमसोम हवाइ रुटको घोरेपानी क्षेत्रबाट सम्पर्क विहीन भएको प्रारम्भिक अनुमान छ । जहाज सम्पर्क विहीन भएपछि खोजीका लागि हेलिकोप्टर उडिसकेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ । मुस्ताङका पत्रकार सुन्दर थकालीका अनुसार मुस्ताङको लेते र टुकुचेको बीचमा जहाज दुर्घटनामा परेको आंशका गरिएको छ । त्यहाँका स्थानीयले ठूलो आवाज आएको बताएका छन् । उक्त क्षेत्रमा अहिले खोजी भइरहेको छ ।

Comments

Popular posts from this blog

कोशी टप्पुमा सेनाले सिडियो र एसपीको गाडी प्रवेशमा रोकिदिएपछि

राप्रपाले गर्यो ५ जनालई पार्टीबाट आउँट

पराजय निश्चितपछि केशव स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाउने रश्मिलाको यस्तो प्रतिक्रिया