पराजय निश्चितपछि केशव स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाउने रश्मिलाको यस्तो प्रतिक्रिया

पराजय निश्चितपछि केशव स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाउने रश्मिलाको यस्तो प्रतिक्रिया
काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरमा मेयर पदका प्रत्यासी केशव स्थापितको हार निश्चित भैसकेको छ । यो बीचमा स्थापितविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाउँदै आउनु भएकी रश्मिला प्रजापतिले प्रतिकृया जनाउनु भएको छ । स्थापितको पराजयलाई लिएर उहाँ खुशी हुनुहुन्छ । सामाजिक सञ्जालमा स्थापितको नाम उल्लेख नगरे पनि यौन दुराचारीलाई मतदानमार्फत बाहिर गरेको बताउनु भएको छ । त्यसका लागि उहाँले काठमाडौं महानगरका मतदातालाई धन्यवाद दिनुभयो । नेकपा एमालेले स्थापितलाई काठमाडौंमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेलगत्तै प्रजापतिले आफूलाई स्थापितले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै आउनु भएको थियो । त्यसपछि स्थापितले पटक पटक स्पष्टीकरण दिनुपरेको थियो । तर उहाँले दुर्व्यवहार नगरेको भन्ने कुरा स्पष्ट पार्नुभएन् । उहाँले २५ वर्ष अगाडिको कुरा अहिले चुनावका बेला योजनावद्ध तरिकाले उचालिएको बताउँदै आउनु भएको छ । उहाँमाथि २५ वर्ष अघि काठमाडौंकै मेयर हुँदा महानगरकै कर्मचारी (रश्मिला) लाई यौन दुर्व्यवहार गरेको आरोप लाग्दै आएको छ । यस्तो छ प्रजापतिको फेसबुक स्टाटस काठमाडौं महानगरपालिकाका मतदाताहरुमा यौन दुराचारीलाई भोट आउट गरेकोमा धन्यवाद ! काठमाडौं निकै सचेत छ, आफूमाथि कसैको अनावश्यक हस्तक्षेप सहँदैन । काठमाडौंका मतदाता धेरै विवेकी छन्, कुनै प्रकारको दुर्व्यवहारमा साथ दिंदैन भन्ने दरिलो प्रमाण भएको छ यौन दुराचारीको हार । २५ वर्ष पछि काठमाडौं महानगरपालिका परिवर्तन उन्मुख छ । मेयर पदमा अत्यधिक मतले विजयी हुनुभएका बालेन साहलाई हार्दिक बधाई। काठमाडौंका जनताको लागि, यहाँको सम्पदा संरक्षणको लागि, यहाँको सभ्यता जोगाउनको लागि कार्य गर्न सफल हुनुहोस्, सफल कार्यकालको शुभकामना !!! साथै नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई पनि बधाई तथा सफल कार्यकालको शुभकामना!!! -जनबोलि

Comments

Popular posts from this blog

कोशी टप्पुमा सेनाले सिडियो र एसपीको गाडी प्रवेशमा रोकिदिएपछि

राप्रपाले गर्यो ५ जनालई पार्टीबाट आउँट