यिनै हुन् बहुविवाहको मुद्दामा थुनामा रहेकी महिलालाई मध्यराति आफ्नो कोठामा लैजाने असई


यिनै हुन् बहुविवाहको मुद्दामा थुनामा रहेकी महिलालाई मध्यराति आफ्नो कोठामा लैजाने असई
बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईं निलम्बनमा परेका छन् । ४ दिनअघि प्रहरी हिरासतमै रहेकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा असई चौलागाईंलाई निलम्बन गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरिएको जानकारी दिए । बहुविवाह गरेको आरोपमा थुनामा रहेकी महिलालाई हिरासतबाट निकालेर मध्यरातमा आफ्नो सुत्ने कोठामा लिएर असई चौलागाईंले यौन दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले असई चौलागाईंलाई हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाएको छ । राति २ बजे सोधपुछका लागि भनेर महिलालाई आफ्नो सुत्ने कोठामा बोलाउनु नै गलत भएको अधिकारीले बताए । उक्त महिला बहुविवाह मुद्दामा साउन ११ गते पक्राउ परेकी थिइन् । बर्दिया घर भई विगत ८ महिनादेखि चौलागाई इप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत छन् । असई चौलागाईंले हिरासतमा भएकी महिलालाई मध्यरातमा निकाल्न आदेशपछि हिरासतमा बसेका अरूले हो–हल्ला गरेका थिए । उनले उक्त महिलालाई १० मिनेटसम्म कोठामा राखेको बताइएको छ ।

Comments

Popular posts from this blog

कोशी टप्पुमा सेनाले सिडियो र एसपीको गाडी प्रवेशमा रोकिदिएपछि

राप्रपाले गर्यो ५ जनालई पार्टीबाट आउँट

पराजय निश्चितपछि केशव स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाउने रश्मिलाको यस्तो प्रतिक्रिया