नवलपरासी – वर्षा र खडेरी नपरेपछि किसानले अध्यक्ष र वडा अध्यक्षलाई बाँधेर गाउँ घुमे ।


नवलपरासी – वर्षा र खडेरी नपरेपछि किसानले अध्यक्ष र वडा अध्यक्षलाई बाँधेर गाउँ घुमे ।
पश्चिम नवलपरासी – खडेरीले परास्त भएपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षलाई बाँधेर वर्षा र ऋतुका देवता मानिने इन्द्रको पूजा गरेका छन् । लामो समयसम्म पानी नपरेपछि खेतमा लगाइएको धान सुक्न थालेपछि कृषकले इन्द्रलाई क्षमापूजा गरेर पानी हाल्न आग्रह गर्दै पूजा गरेका छन् । सोही मान्यताअनुसार सरावल गाउँपालिकाका अध्यक्ष सुखीप्रसाद चौधरीलगायत स्थानीयले जनप्रतिनिधिलाई बाँधेर पूजा गर्ने र पानी छर्कने गरेको स्थानीय सुशान्त घिमिरेले बताए । गाउँपालिकाले सफा मनले पूजा गर्ने र दक्षिणा दिएपछि पानी पर्ने धार्मिक विश्वास रहेको अध्यक्ष चौधरीले बताए । ‘अहिले गाउँभरी यस्तै पूजा हुन थालेको छ , गाउँका ठूला–ठूला व्यक्तिका हात बाँधेर पूजा गरिन्छ, पानी र माटो छर्किन्छन्,’ उनले भने, ‘धार्मिक मान्यताअनुसार यो गरिन्छ । सरवल बाहेक जिल्लाका अन्य स्थानमा पनि खम्सा पूजा हुने गरेको छ । चर्को घाम र गर्मीका कारण जिल्लामा भर्खरै रोपिएका धानका बीउ सुक्न थालेका छन् ।

Comments

Popular posts from this blog

कोशी टप्पुमा सेनाले सिडियो र एसपीको गाडी प्रवेशमा रोकिदिएपछि

राप्रपाले गर्यो ५ जनालई पार्टीबाट आउँट

पराजय निश्चितपछि केशव स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाउने रश्मिलाको यस्तो प्रतिक्रिया