मकै लछारपछार काण्डले आलोचित बनेका मेयर बालेनले गरे ठूलो घोषणा, काठमाडौंबासीमा छायो खुसीको बहार !


मकै लछारपछार काण्डले आलोचित बनेका मेयर बालेनले गरे ठूलो घोषणा, काठमाडौंबासीमा छायो खुसीको बहार !
काठमाडौं । मेयर बनेपछि वाहीवाही पाएका काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहको निर्देशनमा मकै पोलेर दैनिकी चलाउने गरिबमाथि अमानविय हर्कत भएपछि उनको आलोचना भइरहेको छ । यसबारे सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेका छन् । कसले बालेनको कदमलाई गलत भनेका छन् भने कसैले कठोर नबनि महानगर व्यवस्थित नहुने बताइरहेका छन् । यसैबीच, मेयर बालेनले ठूलो घोषणा गरेका छन् । बालेनले धेरै शीर्षकमा कर छुटको घोषणा गरेपछि काठमाडौं महानगबासीमा खुसीको बहार छाएको छ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि आर्थिक विधेयक पारित गरेको छ । आज कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको नगरसभाको ११औँ अधिवेशनले आगामी आर्थिक वर्षका लागि विधेयक पारित गरेको हो । विधेयकमा सम्पत्ति कर, भूमिकर, बहाल कर, व्यवसाय कर, जडीबुटी, कबाडी र जीवजन्तु कर, सवारीसाधनजस्ता शीर्षकका करसम्बन्धी व्यवस्था छ । यस्तै विज्ञापन कर, मनोरञ्जन कर, सवारीसाधन पार्किङ शुल्क, सेवा शुल्क, पर्यटन शुल्क, विभाज्य कोष, घरजग्गा रजिस्ट्रेसन शुल्क, राजस्व तथा शुल्क सङ्कलन कार्यविधिलगायत व्यवस्था छन् । पूँजीगत लगानी, व्यवसायको प्रकार र आर्थिक कारोबारका आधारमा व्यवसाय करको दरसम्बन्धी व्यवस्था छ । यसमा नौ क्षेत्रका व्यवसायअन्तर्गतका ३९६ वटा व्यवसायको दर उल्लेख गरिएको छ । कोभिडको प्रभावलाई मध्यनगर गरेर होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घर जग्गा भएका वा भाडामा लिएकालाई आव २०७८÷०७९ सम्मको कर चुक्ता गरेमा आव २०७९र०८० को करमा ४० प्रतिशत छुट दिइने महानगरपालिकाले बताएको छ । आउँदो असोज मसान्तसम्म घरजग्गा करमा १० प्रतिशत छुट दिइनेछ । यो छुट बक्यौतामा दिइने छैन । विधेयकमाथिको छलफलका क्रममा नगरसभा सदस्य मचाराजा महर्जन, आशा श्रेष्ठ, सन्तोष ढुङ्गेल, अनिलबाबु श्रेष्ठ, रचना सुनाम, शर्मिला परियारले संशोधन प्रस्ताव गरेका थिए ।

Comments

Popular posts from this blog

कोशी टप्पुमा सेनाले सिडियो र एसपीको गाडी प्रवेशमा रोकिदिएपछि

राप्रपाले गर्यो ५ जनालई पार्टीबाट आउँट

पराजय निश्चितपछि केशव स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाउने रश्मिलाको यस्तो प्रतिक्रिया