Posts

Showing posts from July, 2022

नवलपरासी – वर्षा र खडेरी नपरेपछि किसानले अध्यक्ष र वडा अध्यक्षलाई बाँधेर गाउँ घुमे ।

Image
नवलपरासी – वर्षा र खडेरी नपरेपछि किसानले अध्यक्ष र वडा अध्यक्षलाई बाँधेर गाउँ घुमे । पश्चिम नवलपरासी – खडेरीले परास्त भएपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षलाई बाँधेर वर्षा र ऋतुका देवता मानिने इन्द्रको पूजा गरेका छन् । लामो समयसम्म पानी नपरेपछि खेतमा लगाइएको धान सुक्न थालेपछि कृषकले इन्द्रलाई क्षमापूजा गरेर पानी हाल्न आग्रह गर्दै पूजा गरेका छन् । सोही मान्यताअनुसार सरावल गाउँपालिकाका अध्यक्ष सुखीप्रसाद चौधरीलगायत स्थानीयले जनप्रतिनिधिलाई बाँधेर पूजा गर्ने र पानी छर्कने गरेको स्थानीय सुशान्त घिमिरेले बताए । गाउँपालिकाले सफा मनले पूजा गर्ने र दक्षिणा दिएपछि पानी पर्ने धार्मिक विश्वास रहेको अध्यक्ष चौधरीले बताए । ‘अहिले गाउँभरी यस्तै पूजा हुन थालेको छ , गाउँका ठूला–ठूला व्यक्तिका हात बाँधेर पूजा गरिन्छ, पानी र माटो छर्किन्छन्,’ उनले भने, ‘धार्मिक मान्यताअनुसार यो गरिन्छ । सरवल बाहेक जिल्लाका अन्य स्थानमा पनि खम्सा पूजा हुने गरेको छ । चर्को घाम र गर्मीका कारण जिल्लामा भर्खरै रोपिएका धानका बीउ सुक्न थालेका छन् ।

सत्ताको भाग पुर्‍याउन ३२ जनालाई बनाए देउवाले मन्त्री,एक वर्षमा ६ पटक मन्त्रिपरिषद् फेरबदल

Image
सत्ताको भाग पुर्‍याउन ३२ जनालाई बनाए देउवाले मन्त्री,एक वर्षमा ६ पटक मन्त्रिपरिषद् फेरबदल प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षमा ६ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। गत वर्ष ४ पटक र यो वर्ष २ पटक गरी देउवाले ६ पटक मन्त्रिपरिषद् हेरफेर गरेका हुन्। साउन १०, असोज ६, असोज २२ र चैत १४ गते गत वर्ष मन्त्री फेरिएका थिए। यो वर्ष सोमवार जनता समाजवादी पार्टी (जसपा)का ३ र असार १३ गते नेकपा (एकीकृत समाजवादी)का ३ जनालाई देउवाले सरकारमा सहभागी गराएका छन्। २०७८ असार २९ गते देउवा नेतृत्वको सरकार गठन भएको थियो। सर्वोच्च अदालतले देउवाको नेतृत्वमा सरकार गठन गर्न परमादेश दिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्यो। पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकार चलाइरहेका देउवाले गठबन्धन दलहरुलाई सरकारमा भागबन्डा पुर्‍याउन पटकपटक मन्त्री फेरबदल गरेका हुन्। १२ महिनामा ३२ मन्त्री देउवा सरकरमा हालसम्म मन्त्री हुने नेता र सांसदको संख्या ३२ पुगेको छ। देउवा प्रधानमन्त्री भएकै दिन ४ जनाले सँगै मन्त्रीको सपथ लिएका थिए।कांग्रेस र माओवादीले अहिलेसम्म आलोपालो मन्त्री बनाएको छैन। त

मकै लछारपछार काण्डले आलोचित बनेका मेयर बालेनले गरे ठूलो घोषणा, काठमाडौंबासीमा छायो खुसीको बहार !

Image
मकै लछारपछार काण्डले आलोचित बनेका मेयर बालेनले गरे ठूलो घोषणा, काठमाडौंबासीमा छायो खुसीको बहार ! काठमाडौं । मेयर बनेपछि वाहीवाही पाएका काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहको निर्देशनमा मकै पोलेर दैनिकी चलाउने गरिबमाथि अमानविय हर्कत भएपछि उनको आलोचना भइरहेको छ । यसबारे सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेका छन् । कसले बालेनको कदमलाई गलत भनेका छन् भने कसैले कठोर नबनि महानगर व्यवस्थित नहुने बताइरहेका छन् । यसैबीच, मेयर बालेनले ठूलो घोषणा गरेका छन् । बालेनले धेरै शीर्षकमा कर छुटको घोषणा गरेपछि काठमाडौं महानगबासीमा खुसीको बहार छाएको छ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि आर्थिक विधेयक पारित गरेको छ । आज कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको नगरसभाको ११औँ अधिवेशनले आगामी आर्थिक वर्षका लागि विधेयक पारित गरेको हो । विधेयकमा सम्पत्ति कर, भूमिकर, बहाल कर, व्यवसाय कर, जडीबुटी, कबाडी र जीवजन्तु कर, सवारीसाधनजस्ता शीर्षकका करसम्बन्धी व्यवस्था छ । यस्तै विज्ञापन कर, मनोरञ्जन कर, सवारीसाधन पार्किङ शुल्क, सेवा शुल्क, पर्यटन श