विद्युत प्रशारण लाइनको तारमा घण्टौ हिँडिरहने माइला दाइ पहिलोपटक मिडियामा (भिडियो सहित)


विद्युत प्रशारण लाइनको तारमा घण्टौ हिँडिरहने माइला दाइ पहिलोपटक मिडियामा (भिडियो सहित)
नुवाकोटमा एक पुरुषले विद्युत प्रशारण लाइनको तारमा झुन्डिएर हैरानी खेलाएका छन् । शनिवार बिहान ९ बजे विद्युत प्रशारण लाइनको टावरबाट तारमा पुगेका उनी ६ घण्टादेखि तारमा हिँडिरहेको स्थानीय जयबहादुर तामाङले बताए । उनी नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक हुन् । विक २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् । उनी परिवारसँग झगडा गरेर बिजुलीको तारमा पुगेको स्थानीयले बताए टेलिफोनमा कुरा गर्दै स्थानीय जयबहादुर तामाङले भने– ‘बिहान ९ बजेतिर तारमा पुगेर हिँड्न थालेछन् । हामीले तल भुइँमा मासु भात ल्याएर खान आउ भन्दा पनि अझै तारबाट ओर्लिएका छैनन् । २ जना पुलिस र चार पाँचजना स्थानीय छौँ । जति अनुरोध गरेपनि झर्न मानेका छैनन् ।’ उनले विद्युत प्राधिकरणलाई पनि उद्धारका लागि अनुरोध गरेको बताए । मानसिक सन्तुलन गुमाएका उनले बिहान परिवारलाई खुकुरी देखाएर झगडा गरेको रामकृष्ण तामाङले बताए । विद्युत प्रशारण लाइनमा विक पुगेपछि विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली थ्री ए को उत्पादन बन्द गरेको छ ।

Comments

Popular posts from this blog

नवलपरासी – वर्षा र खडेरी नपरेपछि किसानले अध्यक्ष र वडा अध्यक्षलाई बाँधेर गाउँ घुमे ।

विदेश जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइयो

एउटै घरका 7 जनाको मृ,त्यु दायाँ हुनेले rip लेखी सेयर गर्नुहोस