मतपेटिका पट्याउन नजान्दा प्रचण्डको अलमल


मतपेटिका पट्याउन नजान्दा प्रचण्डको अलमल
नियमित निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाको आधार हो । नागरिकले आफुमा निहित सार्वभौम अधिकारलाई राम्ररी बुझेर, सोचेर उम्मेदवारहरुमध्येबाट असललाई चुन्ने भएपछि यसलाई लोकतन्त्रको जग समेत भनिएको हो । तर राजनीतिक दले यसलाई प्रतिष्ठाको विषय बनाएपछि लोकतन्त्रको जग हल्लीएको छ । यसबर्षको निर्वाचनसमेत शिर्ष नेतृत्वको रस्साकस्सीबाट अछुतो रहन सकेन । स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्का अध्यक्ष प्रचण्डले केहिबेर अलमल परेपछिमात्रै व्यालेटमा मतपत्र खसाले । मतपत्रमा स्वस्तिक छाप हानिसकेपछि पट्याउनेक्रममा प्रचण्ड अलमलमा परेका थिए । छोरी रेनु दाहाल मेयरको उम्मेदवार बनेको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरमा मतदान गरेका प्रचण्ड अलि अक्क न बक्क जस्तो बनेपछि झण्डाझण्डै मतपत्रमा हानिएको संकेतनै देखिएको थियो । पछि स्वयंमसेवकले पट्याउन सिकाएपछि प्रचण्डको मत व्यालेटमा खस्यो । लगत्तै बोलेका प्रचण्डले मतपत्र ठूलो भएपछि अलि समय लागेको बताए । मतदानपछि प्रचण्डले हारजित स्वभाविक भएपनि आफ्ना उम्मेदवार विजयी हुने विश्वास दिलाए । गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी नेतृ रेनु दाहाललाई हसियाँ हथौडामा भोट नहाले देश दुर्घटनामा पर्छ भन्ने आफ्नो भनाइलाई अतिरञ्जित गरिएको बताए । चितवनमा प्रचण्डले निसन्देह हसियाँ हथौडा र रुखमा मतदान गरेका छन् । किनकि स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले चुनावी तालमेल गरेपछि भरतपुर महानगरमा काँग्रेसले उपमेयर पाएको छ भने माओवादीको तर्फबाट रेनु दाहाल मेयरको प्रत्यासी छिन् । उनीहरुलाई टक्कर दिन काँग्रेसका जगन्नाथ पौडेलले बागी हालेका छन् । उता प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पक्कै रुखसहित हसिया हथौडामा पनि मतदान गरेका छन् । गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित रुवाखोलाको असिग्राम माध्यामिक विद्यालयमा देउवाले मतदान गरेका हुन् । लगत्तै बोलेका देउवा डडेल्धुराबाट सिधैं भक्तपुरमा मतदान गरेका एमाले अध्यक्ष ओलीमाथि खनिए । चुनाव हुँदैन हुँदैन भन्ने ओलीलाई निर्वाचन गरेर देखाइदिएको भन्दै व्यङय कस्न भ्याए देउवाको जवाफ सुनेपछि भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माविमा मतदान गरिरहेका ओलीले झनै ठूलो खुलासा गरेका छन् । बैशाख ९ गते देउवाले स्थानीय तह निर्वाचन सार्नका लागि प्रस्ताव गरेपनि आफु तयार नभएको ओलीले बताएका छन् । बरु निर्वाचन गराउनकै लागि आफुलेधेरै पापड बेल्नु परेको दाबी गरिदिएका छन् । एमाले अध्यक्ष ओलीले पाँच दलभन्दा एमाले एक्लैले बढी मत ल्याउने निष्कर्षसमेत सुनाएका छन् । माओवादी बुथ कब्जा गर्ने धंगधंगीमा रहेको आरोपसमेत ओलीको थियो । यता एमालेबाटै विभाजित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गृहजिल्लामा मतदान गर्न पुग्दा दुरव्यर्वहार खेप्न बाध्य बनेका छन् । नेपाल मतदानस्थल पुग्दा केही स्थानीय उनीविरुद्ध नाराबाजीमा उत्रिएका थिए । रौतहटको गौरस्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुग्दा ‘चोर आयो’ भन्दै उनीविरुद्ध आपत्तिजनक नाराबाजी भएको थियो । उता गोप्य मतदान नै देखाएर जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई तमासा देखाउने काम गरेका छन् । उनलाई १५ हजार जरिवाना किन नगर्ने भन्दै निर्वाचन आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्थानीय तह निर्वाचन शिर्ष राजनीतिक नेतृत्वको लागि प्रतिष्ठाको विषय बनेपछि टकराव चुलिएको छ । यसको पटाक्षेप भने मतदानपछि आउने परिणामले नै गर्नेछ ।

Comments

Popular posts from this blog

नवलपरासी – वर्षा र खडेरी नपरेपछि किसानले अध्यक्ष र वडा अध्यक्षलाई बाँधेर गाउँ घुमे ।

विदेश जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइयो

एउटै घरका 7 जनाको मृ,त्यु दायाँ हुनेले rip लेखी सेयर गर्नुहोस