गोरखाको ताराखसे मतदान केन्द्रमा गोली चल्यो, २२ वर्षीया थापा घाइते


गोरखाको ताराखसे मतदान केन्द्रमा गोली चल्यो, २२ वर्षीया थापा घाइते
गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–२ स्थित ताराखसे मतदान केन्द्र (सिद्धकाली मावि)मा गोली चलेको छ । निर्वाचन अधिकृत खिमानन्द गौतमका अनुसार मतदानका क्रममा कांग्रेस, माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीचको विवादले उग्र रुप लिएको बेला अज्ञात व्यक्तिले गोली चलाएको हो । उक्त गोली लागेर निर्वाचन गराउन खटिएकी २२ वर्षीया कर्मचारी मनिषा थापा घाइते भएकी छन् । प्रहरीका अनुसार थापाको घुँडामुनि पिँडुलामा गोली लागेको छ । घाइते थापालाई एम्बुलेन्समार्फत् अस्पताल लगिएको छ । ५५ प्रतिशत मत खसेको र करिब ८० जना मतदाता लाइनमा रहेको अवस्थामा गोली चलेको बताइएको छ । प्रहरीका अनुसार मतदान केन्द्र तनावग्रस्त बनेपछि मतदान सकिन आधा घण्टा बाँकी रहँदा मतदान रोकिएको छ । अहिले उक्त घटनास्थलमा नेपाली सेनासहितको थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Comments

Popular posts from this blog

विदेश जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइयो

एउटै घरका 7 जनाको मृ,त्यु दायाँ हुनेले rip लेखी सेयर गर्नुहोस