अर्जुनधारामा किन हुन सकेन मतगणना ?
अर्जुनधारामा किन हुन सकेन मतगणना ? अर्जुनधारा । अर्जुनधारामा बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मतगणना सुरु हुन सकेको छैन । मतदान कार्य शान्तिपूर्वक भए पनि मतगणना भने अहिलेसम्म सुरु भएको छैन । निर्धारित समयमै मतदान कार्य सम्पन्न भएको थियो । तर, ११ वटै वार्डबाट मतपेटिका ल्याउने क्रममा केही त्रुटि भएपछि मतगणना हुन नसकेको हो । सबै वडाबाट मतपेटिका सुरक्षा घेराबीच साँझ ल्याइएको थियो । सबै मतदान केन्द्रका मतपेटिका बुझाउन मध्यरातसम्म पर्खनु परेको थियो । जानकारीअनुसार मतपेटिका ल्याउने क्रममा वडा नम्बर १० को एउटा मतपेटिकाको एकापट्टिको सिल चुट्टिएको पाइएपछि विवाद सिर्जना भएको थियो । सोही कारण शुक्रबार रातिदेखि नै हुनुपर्ने मतगणना अहिलेसम्म हुन सकेको छैन । अहिले नगरपालिकामा सबै राजनीतिक दलका प्रतिनिधिहरुको बैठक चलिरहेको छ । बैठकको निर्णयअनुसार मतगणना सुरु हुने बताइएको छ । सम्भवतः बिहानकाे ११ बजेपछि मतगणना सुरू हुनसक्ने एक प्रतिनिधिले जनाएका छन् ।
Comments
Post a Comment