Ujwal's Blog & App Ujwal's Tech Blog Home My App About Contact Welcome to My Blog! First Post: Getting Started with Web Development Published: July 27, 2025 Hello everyone! This is my very first blog post. I'm excited to share my journey into web development, including HTML, CSS, and JavaScript. Stay tuned for more tutorials and project updates! Read more... Why I Built "Ujwal's App" Published: July 25, 2025 Today, I want to talk about the inspiration behind "Ujwal's App." It started as a simple idea for a personal project to learn front-end development, incorporating features like user authentication and mini-games. I'm continuously working on it, and you can try it out by clicking "My App" in the navigation! Read more... ...
Posts
विदेश जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइयो
- Get link
- X
- Other Apps

काठमाडौँ । कागजातहरू शङ्कास्पद देखिएको भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते १०१ र आज १८ जना गरी १५६ जनालाई फर्काइएको हो । उक्त कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत झङ्कनाथ ढकालले उनीहरुको भिसा परीक्षण गर्दा कतिपयको ‘वेटिङ फर एप्रुभ’ भनेको भेटिएको, कतिपयको व्यक्तिगत श्रम स्वीकृतिमा जान लागेको देखिएको तर राजदूतावासबाट श्रम स्वीकृतिको बोधार्थ प्राप्त नभएको तथा एउटा देशमा जाने भनेर कागजात पेश गरिएको तर उसको भिसा अर्कै देशको रहेको पाइएकोलगायतका समस्याहरु देखिएको बताए । उनले भने, “यी कागजातहरू सही हुन पनि सक्छन् र गलत हुन पनि सक्छन्, तर कागजात शङ्कास्पद देखिएकाले रोकिएका छन्, यस विषयमा वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालयसँग समन्वय गरेरमात्रै के रहेछ निर्क्यौल हुनेछ ।” त्यसअघि जोर्डन जान लागेका १५ जनालाई पनि यसैगरी फिर्ता गराइएको थियो । उनीहरुको विषयमा पनि निर्णय भइसकेको छैन ।
प्रहरी कार्यालयभित्रै प्रहरी जवानलाई हातखुट्टा बाँधेर १२ घण्टा यतना
- Get link
- X
- Other Apps

जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिएको भीडीयो सार्वजनिक भएको छ। रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमन्त राईले यातना दिएको आरोप लगाइएको छ । इन्स्पेक्टर राईकै कमाण्डमा प्रहरी जवान रायलाई निरन्तर अधिक ड्युटी गराएपछि उनले हबल्दारसँग गुनासो पोखेका थिए । हबल्दारको सल्लाहअनुसार पीडित राय इन्स्पेक्टर राईसँग गुनासो गर्न गएका थिए । सो क्रममा इन्स्पेक्टर राईले तथानाम,अभद्र गाली गलौज गरेपछि आक्रोशित भएका रायले समेत इन्स्पेक्टरसँग मुखामुख गरेका थिए । मुखामुख गरेकै कारण उनलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको बुझिएको छ। यता,जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी रविन्द्रराज पाण्डेले भने यातना नदिएको दाबी गरेका छन्। अन्नपूर्ण पोष्टबाट
पल शाहलाई समिक्षाले दाजु भन्दै दिईन जनै पुर्णिमाको शुभकामना (फोटो सहित
- Get link
- X
- Other Apps

पल शाहलाई समिक्षाले दाजु भन्दै दिईन जनै पुर्णिमाको शुभकामना (फोटो सहित) आज गायिका समिक्षा अधिकारी ले पल साहलाई रक्षा बन्धनको बेला दाजु भनेर आफ्नो टुईटर मा शुभकामना दिएकी छिन । हामिले जस्ताको तेस्तै उनले दिएको शुभकामना पोस्ट लाई जस्ताको तेस्तै फोटो खिचेर हामिले देखाउन खोजेका छौ । उनले दिएको शुभकामना को फोटो तल अन्त्यमा मा राखेका छौ फोटो हेर्न तल अन्त्यमा जानुहोला । थप अर्को समाचार केही समयअघि कलाकारिता क्षेत्रमा एउटा विषयले निकै चर्चा पायो । कुरा थियो अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धको सञ्चारमाध्यममा समाचार आउनेदेखि चौतर्फी चर्चा हुन थालेपछि दुवैले सामाजिक सञ्जालमा स्टेटस लेख्दै स्पष्टीकरण दिएका थिए । पल र समीक्षा दुवैले आफूहरुको सम्बन्ध हल्ला फैलिएजस्तो नभएको बताएका थिए । त्यतिबेला समीक्षाले सामाजिक सञ्जालमा स्टेटस लेख्दै पल आफ्ना लागि अभिभावक भएको र सम्बन्धबारे चलाइएको हल्लाले मानसिक रुपमा असर पुऱ्याएको लेखेकी थिइन् । दुवैको स्पष्टीकरणपछि यो विवाद पनि सेलाएको थियो । तर, विवाद सेलाएको चार महिनापछि समीक्षाले त्यतिबेला गरेकोभन्दा ठीक विपरीत कुरा गरेकी छिन...
यिनै हुन् बहुविवाहको मुद्दामा थुनामा रहेकी महिलालाई मध्यराति आफ्नो कोठामा लैजाने असई
- Get link
- X
- Other Apps

यिनै हुन् बहुविवाहको मुद्दामा थुनामा रहेकी महिलालाई मध्यराति आफ्नो कोठामा लैजाने असई बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईं निलम्बनमा परेका छन् । ४ दिनअघि प्रहरी हिरासतमै रहेकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा असई चौलागाईंलाई निलम्बन गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरिएको जानकारी दिए । बहुविवाह गरेको आरोपमा थुनामा रहेकी महिलालाई हिरासतबाट निकालेर मध्यरातमा आफ्नो सुत्ने कोठामा लिएर असई चौलागाईंले यौन दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले असई चौलागाईंलाई हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाएको छ । राति २ बजे सोधपुछका लागि भनेर महिलालाई आफ्नो सुत्ने कोठामा बोलाउनु नै गलत भएको अधिकारीले बताए । उक्त महिला बहुविवाह मुद्दामा साउन ११ गते पक्राउ परेकी थिइन् । बर्दिया घर भई विगत ८ महिनादेखि चौलागाई इप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत छन् । असई चौलागाईंले हिरासतमा भएकी महिलालाई मध्यरातमा निकाल्न आदेशपछि हिरास...
नवलपरासी – वर्षा र खडेरी नपरेपछि किसानले अध्यक्ष र वडा अध्यक्षलाई बाँधेर गाउँ घुमे ।
- Get link
- X
- Other Apps

नवलपरासी – वर्षा र खडेरी नपरेपछि किसानले अध्यक्ष र वडा अध्यक्षलाई बाँधेर गाउँ घुमे । पश्चिम नवलपरासी – खडेरीले परास्त भएपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षलाई बाँधेर वर्षा र ऋतुका देवता मानिने इन्द्रको पूजा गरेका छन् । लामो समयसम्म पानी नपरेपछि खेतमा लगाइएको धान सुक्न थालेपछि कृषकले इन्द्रलाई क्षमापूजा गरेर पानी हाल्न आग्रह गर्दै पूजा गरेका छन् । सोही मान्यताअनुसार सरावल गाउँपालिकाका अध्यक्ष सुखीप्रसाद चौधरीलगायत स्थानीयले जनप्रतिनिधिलाई बाँधेर पूजा गर्ने र पानी छर्कने गरेको स्थानीय सुशान्त घिमिरेले बताए । गाउँपालिकाले सफा मनले पूजा गर्ने र दक्षिणा दिएपछि पानी पर्ने धार्मिक विश्वास रहेको अध्यक्ष चौधरीले बताए । ‘अहिले गाउँभरी यस्तै पूजा हुन थालेको छ , गाउँका ठूला–ठूला व्यक्तिका हात बाँधेर पूजा गरिन्छ, पानी र माटो छर्किन्छन्,’ उनले भने, ‘धार्मिक मान्यताअनुसार यो गरिन्छ । सरवल बाहेक जिल्लाका अन्य स्थानमा पनि खम्सा पूजा हुने गरेको छ । चर्को घाम र गर्मीका कारण जिल्लामा भर्खरै रोपिएका धानका बीउ सुक्न थालेका छन् । ...
सत्ताको भाग पुर्याउन ३२ जनालाई बनाए देउवाले मन्त्री,एक वर्षमा ६ पटक मन्त्रिपरिषद् फेरबदल
- Get link
- X
- Other Apps

सत्ताको भाग पुर्याउन ३२ जनालाई बनाए देउवाले मन्त्री,एक वर्षमा ६ पटक मन्त्रिपरिषद् फेरबदल प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षमा ६ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। गत वर्ष ४ पटक र यो वर्ष २ पटक गरी देउवाले ६ पटक मन्त्रिपरिषद् हेरफेर गरेका हुन्। साउन १०, असोज ६, असोज २२ र चैत १४ गते गत वर्ष मन्त्री फेरिएका थिए। यो वर्ष सोमवार जनता समाजवादी पार्टी (जसपा)का ३ र असार १३ गते नेकपा (एकीकृत समाजवादी)का ३ जनालाई देउवाले सरकारमा सहभागी गराएका छन्। २०७८ असार २९ गते देउवा नेतृत्वको सरकार गठन भएको थियो। सर्वोच्च अदालतले देउवाको नेतृत्वमा सरकार गठन गर्न परमादेश दिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्यो। पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकार चलाइरहेका देउवाले गठबन्धन दलहरुलाई सरकारमा भागबन्डा पुर्याउन पटकपटक मन्त्री फेरबदल गरेका हुन्। १२ महिनामा ३२ मन्त्री देउवा सरकरमा हालसम्म मन्त्री हुने नेता र सांसदको संख्या ३२ पुगेको छ। देउवा प्रधानमन्त्री भएकै दिन ४ जनाले सँगै मन्त्रीको सपथ लिएका थिए।कांग्रेस र माओवादीले अहिलेसम्म आलोपालो मन्त्री बनाएको छैन। त...