कोशी टप्पुमा सेनाले सिडियो र एसपीको गाडी प्रवेशमा रोकिदिएपछि
कोशी टप्पुमा सेनाले सिडियो र एसपीको गाडी प्रवेशमा रोकिदिएपछि इटहरीः सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, राष्ट्रिय अनुसन्धान विभागका उप(अनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, शसस्त्र प्रहरी बल नं.४ गण हेडक्वार्टर सुनसरीका प्रहरी उपरीक्षक बिक्रम हुमागाईँ र केही सञ्चारकर्मीको टोली कोशी नदी क्षेत्रको अनुगमनको लागि मंगलबार दिउसो २ बजे आरक्षहुँदै कोशी नदी जाने कार्यक्रम थियो ।कोशी टप्पु बन्यजन्तु आरक्ष कार्यालयको पश्चिम गेटबाट प्रजिअ यादव नेतृत्वको टोली अघि बढ्ने क्रममा आरक्ष सुरक्षार्थ नेपाली सेनाका एक जवानले गाडी रोके । सुनसरी जिल्लाको सम्पूर्ण सुरक्षाको प्रमख प्रजिअ जस्तो व्यक्ति सवार को १ झ ५५५ को सेतो स्कारपियो सेनाले रोकेपछि माहोल अस्वभाविक बन्यो । त्यस लगतै चेकिङमा रहेका सेनाका एक जवानले प्रजिअका बडीगार्डको साथमा रहेको हतियार पेस्तोल बुझाएर मात्र जान भनेपछि प्रजिअ यादव आश्चर्यमा परे । प्रजिअका बडीगार्ड मात्र नभइ ति सेनाका जवानले शसस्त्र प्रहरीसँग रहेको सम्पूर्ण हतियार जम्मा गरेर मात्र जान दिइने बताए ।आफू जिल्लाको सुरक्षा प्रमुख, त्यसमा पनि कोशी नदीको अनुगमन (अन...